मधेस प्रदेशमा २३ हजारभन्दा बढि म्यादी प्रहरी खटिए

मधेस प्रदेशमा २३ हजारभन्दा बढि म्यादी प्रहरी खटिए

महोत्तरी: मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आजको प्रतिनिधि सभा र प्रदेश सभा  निर्वाचनलाई लक्षित गर्दै २३ हजारभन्दा बढि म्यादी प्रहरीलाई निर्वाचनस्थलमा खटाईएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशभर २३ हजार ७७१ म्यादी प्रहरीलाई खटाईएको छ ।

प्रदेश प्रहरी कार्यालयका स्रोतका अनुसार सबैभन्दा धेरै धुनषामा ३ हजार ४८६ म्यादी प्रहरी खटाईएको छ । त्यस्तै सबैभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरीलाई खटाइएको छ ।

सर्लाहीमा ३ हजार ३०७, सप्तरीमा ३ हजार २७८, बारामा ३ हजार १४४, रौतहटमा २ हजार ९३९, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाईएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सुमन कुमार तिम्लिसिनाले जानकारी दिए ।

निर्वाचन सुरक्षा निकायले मधेस प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ मतदानकेन्द्र निर्धारण गरिएकोमा अधिकांश मतदानस्थल र मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । 

सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल र मतदानकेन्द्रलाई तीन समूहमा वर्गीकरण गर्दा १ हजार २३० वटा मतदानस्थल र २ हजार ४७२ मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, ७७९ मतदानस्थल र १ हजार ४९८ मतदानकेन्द्र संवेदनशील, १४७ मतदानस्थल र २६५ मतदानकेन्द्र सामान्य रहेको प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए। 

सुरक्षा निकायले विगतको चुनावमा भएको गतिविधिलगायत विभिन्न आधारमा मतदानकेन्द्र र मतदानस्थलको वर्गीकरण गरेका हुन्। मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई खटाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.