मुस्ताङको दुई मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन सकेन
जोमसोम: हिमाली जिल्ला मुस्ताङका एक अस्थायीसहित ४० वटै मतदान केन्द्रमा अहिले मतदान प्रक्रिया सुरु भईसकेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए ।
मतदान प्रक्रिया सुरु भएको घण्टा बितिसक्दा भने मुस्ताङका दुई मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन नुसकेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए ।
भौगोलिक रुपले विकट मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ साङ्ताको हिमाली आधारभुत मतदान केन्द्र र चीनसँग सीमान जोडिएको सम्जुङ आधारभुत मतदान केन्द्रमा टेलिफोन संम्पर्क हुन नसकेको हो ।
सम्जुङ मतदान केन्द्र सदरमुकाम जोमसोमदेखि ११० किमी टाढा छ भने साङ्ता मतदान केन्द्र मुस्ताङ-डोल्पा सडकको सीमाना हो । यहाँ पुग्न जोमसोमबाट ४० किमी टाढा पर्छ ।