बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- चुनिने नेताले गरिबका दु:ख बुझून

बैतडीमा ११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- चुनिने नेताले गरिबका दु:ख बुझून

बैतडी : बैतडीको पाटन नगरपालिका- ४ की ११३ वर्षीया मानमतिदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा उनले मत खसालेकी हुन् । 

पाटन ४ कै उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मत खसालेकी हुन् । अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् ।

'मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकेबाट देखेकी छु, अब देशमा स्थायित्व होस्, गरिबका दिन पनि आउन भन्ने चाहेकी छु,'उनले भनिन् । जनताको दुःख बुझ्न सक्ने नेतृत्व चुनियोस् भन्ने चाहेको उनले दोर्‍याइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.