प्रतिनिधिसभाको सट्टा प्रदेशसभाको मतपत्र दिएपछि विवाद, प्युठान नगरपालिका- ८ मा मतदान स्थगित
प्युठान : प्युठान नगरपालिका ८ स्थित बालज्योती प्रावि मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभा सदस्यको मतपत्र नदिएर प्रदेश सभा सदस्यको मतपत्र दिएपछि विवाद भएको छ।
अहिले मतदान रोकिएको छ । कर्मचारीले ४६ वटा प्रतिनिधिसभाका मतपत्र दिएका छैनन् ।
यो प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ हो । यहाँ गठबन्धनबाट काङ्ग्रेसका सरोज थापा (रोज राणा) र एमालेबाट हरि रिजाल उम्मेदवार छन । विवादपछि छलफल चलिरहेको छ ।