झापामा ४० प्रतिशत मत खस्यो
झापा : झापामा ४० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो पौने २ बजेसम्म ४० प्रतिशत मत खसेको छ।
दिउँसो १२ बजेसम्म अधिकांश मतदान स्थलहरूमा सुनसान जस्तै थियो। १२ बजे पछाडि मतदान केन्द्रमा भीड बढेको जनाइएको छ। अहिले सबै मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र रहेको छ।
मेची रङ्गशाला भद्रपुर र झापा कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको छ। जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको उनले बताए। जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेको छ।