मुस्ताङमा ५८ प्रतिशत मत खस्यो

मुस्ताङमा ५८ प्रतिशत मत खस्यो

जोमसोम: हिमाली जिल्ला मुस्ताङमा ५८ प्रतिशत मतदान सम्पन्न भएको छ । 

जिल्ला मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीका अनुसार मुस्ताङका ३९ मतदान केन्द्रमा दिउँसो २ बजेसम्म ६ हजार ४३७ जनाले मतदान गरेका हुन् ।

यसअघि दिउँसो १ बजेसम्म ५१ प्रतिशत मतदान भएकोमा त्यसपछिको १ घण्टामा ७ प्रतिशतले थप मतदान गरेको जनाईएको छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न जिल्लाका ३९ वटै मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति थियो । औसतमा ५८ प्रतिशत मतदानले गरेपनि कतिपय मतदान केन्द्रमा ८० प्रतिशतसम्म मतदान भएको छ ।

यस्तै, एक अस्थायी मतदान केन्द्र रहेको जिल्ला कारागार मुस्ताङमा  मतदाता सुचिमा नाम समावेश भएका ५ कैदी बन्दी मध्ये २ जनाले मात्र मतदान गरेको मतदान अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । उनले ३ कैदी बन्दीबन्दीले मतदान गर्न नचाहेको मतदान अधिकृत ढकालको भनाइ छ । 

मुस्ताङ कारागारको अस्थायी मतदान केन्द्रमा मतदाता सुचिमा नाम भएका २१६ जना मतदाता मध्ये अहिलेसम्म ८९ जनाले मतदान गरेका छन् ।

 मुस्ताङको ५ स्थानीय तहमा कुल १०९५७ मतदाता छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.