धनुषामा मतदानको उल्लास (फोटो फिचर)

जनकपुरधाम: धनुषा जिल्लामा मतदान निकै उल्लासमय वातावरणमा भईरहेको छ ।
केही सानातिना विवाद बाहेक जिल्लामा मतदान शान्तिपूर्वक भईरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया निकै प्रभावकारी रुपमा भईरहेको बताएका छन् ।
जिल्लामा निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई अहिलेसम्म कुनै किसिमको क्षति नपुगेको अधिकृत प्याकुरेलले बताएका छन् । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको उनले जानकारी दिए ।
जिल्लाको ३२३ मतदानस्थलमा ६०६ मतदान केन्द्रमार्फत शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको छ । यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी जम्मा ४ लाख ७४ हजार ५८७ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस !
