महोत्तरीको विषहरपुरमा सकसपूर्ण ढंगले निर्वाचन सम्पन्न

महोत्तरीको विषहरपुरमा सकसपूर्ण ढंगले निर्वाचन सम्पन्न

महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका-९ स्थित आधारभूत विद्यालय कनकपुर विषहरपुर निर्वाचन केन्द्रमा सकसपूर्ण तवरले मतदाताले मतदान गरेका छन्। 

आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि सम्पन्न भएको निर्वाचनका क्रममा मतदान गर्न आएका आममतदाताको बन्दोबस्त ठाँउको अभावमा सकसपूर्ण रूपमा जसोतसो प्रवन्ध गरिएको हो। 

सडकको छेउमा लामो लामबद्ध लाइनमा उभिएर क्रमिक रूपमा मतदानमा सहभागी भएको थियो। 

ठाँउको अभावमा मतदातालाई मतपत्र वितरण गर्ने, मतदाताले स्वस्तिक चिह्न लगाउने र मतदान गर्ने वाक्स क्रमिक रूपमा छेउमा लहरै राखिएर मतदान गर्ने व्यवस्था मिलाइएको थियो। 

यहाँ हरेक निर्वाचनमा यसरी नै सर्वसधारणलाई मतदान गर्नुपर्ने वाध्यता रहेको स्थानीय प्राध्यापक दुर्गाप्रसाद सिंहले बताए। 

प्राध्यापक सिंहका अनुसार देशमा अनेकौ परिवर्तन भएतापनि विषहरपुरवासीको मतदान गर्ने प्रक्रियामा परिवर्तन हुन नसकेको धारणा राखे।सर्तकता अपनाएकै कारण मतदान केन्द्रमा कुनै घटना नघटेको उनको भनाइ छ।

आफूले सुरुमै अन्य स्थानमा मतदान केन्द्र कायम गर्नका लागि गरिएको अनुरोधलाई स्थानीय सरोकारवाला निकायले कुनै ध्यान नदिएको मतदान अधिकृत शम्भु कुमार मिश्रले बताए। 

सो मतदान केन्द्रमा १ हजार २ सय ५० मतदाता छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.