मुस्ताङमा प्रतिनिधि सभाको मतगणना सुरु, कांग्रेसको अग्रता

मुस्ताङमा प्रतिनिधि सभाको मतगणना सुरु, कांग्रेसको अग्रता

जोमसोम : मुस्ताङमा मतगणना कार्य सुरु भएको छ। मतगणना बिहान ३:३५  बजे सुरु भएको हो। पहिलो चरणमा प्रतिनिधिसभातर्फको मतगणनाकार्य सुरु गरिएको छ।

मतगणनामा अन्तर पालिका मतपेटिका मिश्रित गरी मतगणना सुरु गरिएको हो। सुरुआती चरणमा लोमान्थाङ गापा –५ लोमान्थाङ, लोघेकर दामोदरकुण्ड–१ मराङ, घरपझोङ–१ चिमाङ र थासाङ–३ लेतेको मतपेटिका बाकसको मत गणना सुरु गरिएको हो।

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसको ५३७ मत, नेकपा(एमाले)को ४२१ मत, रास्वपाको १२ मत र राप्रपा नेपालले २ मत प्राप्त गरेका छन्। ११ मत बदर भएको छ।

मतगणनामा ५ जना कर्मचारी खटिएका छन्। यसअघि मुस्ताङका एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका सोमबार बिहान १ बजे जिल्ला आइसकेको थियो। त्यसलगत्तै सर्वदलीय बैठक बसेर मतगणनाकार्य अघि बढाइएको हो। 
मतगणनामा उम्मेदवार र दलका एक/एक जना प्रतिनिधि गणनास्थलमा बस्न पाउने व्यवस्था गरिएको हो। केही बेरमा प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक हुनेछ। मुस्ताङको ३९ मतदान केन्द्रमा १०,९५७ मतदातामध्ये ७,२३० मत अर्थात ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.