महोत्तरीको मतगणना आज दिउँसोबाट

महोत्तरीको मतगणना आज दिउँसोबाट

महोत्तरी : आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा मतदानको मतगणना आज दिउँसोबाट सुरु हुने भएको छ। गएराति मटपेटिका संकलन कार्य सम्पन्न भएको र आज विधिवत रुपमा प्रक्रिया पूरा गरेर दिउँसोबाट मात्र मतगणना कार्य प्रारम्भ हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

महोत्तरीका मुख्य निर्वाचन अधिकृत हेमवहादुर सेनका अनुसार अहिले केही क्षणमा चारैवटा निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेपछि मतगणना हुने छ। उनले भने, ‘अहिले मतपेटिका मिलाउने कार्य भइरहेको छ। त्यसपछि आज बिहान १० बजे सर्वदलीय बैठक बस्नेछ। अनि कागजपत्र मिलाएर दिउँसो १ बजेबाट मात्र मतगणना शुरु हुनेछ।’

जिल्लाको निर्वाचन क्षेत्रगत अनुसार बर्दिवास, रामगोपालपुर, जलेश्वर र बनौटामा मतगणनाको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.