झापा ४ र ५ मा मतगणना सुरु
झापा : झापा निर्वाचन क्षेत्र नम्बर ४ र ५ मा मतगणना सुरु भएको छ। दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। दुवै क्षेत्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतगणना सुरु गरिएको हो।
झापा ४ मा ६४.४५ प्रतिशत मतदान भएको छ। यस क्षेत्रमा ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला र अन्य १ गरी १ लाख २३ हजार १२४ मतदाता रहेकोमा ७९ हजार ३४९ प्रतिशत मत खसेको हो। प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका एलपी सावा, नेपाली काँग्रेसका देउकुमार थेबे, स्वतन्त्र उम्मेदवार खुश्वु ओली लगायतमा प्रतिस्पर्धामा छन्।
त्यस्तै झापा ५ मा ६६.२० प्रतिशत मत खसेको छ। यस क्षेत्रमा ७६ हजार ६७ पुरुष, ७८ हजार २२० महिला र अन्य २ गरी १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा १ लाख २ हजार १५० मत खसेको हो। प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारी लगायत प्रतिस्पर्धामा छन्।