झापा ३ मा लिङदेनको प्रारम्भिक अग्रता
झापा : झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रारम्भिक अग्रता लिएका छन्। कचनकवल गाउँपालिकाको मतगणना सुरु गर्दा लिङदेनले नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलालाई १४ मतले पछाडि पारेका हुन्।
लिङदेनले २२७ मत ल्याउँदा सिटौलाले २१३ मत ल्याएका छन्। यस क्षेत्रमा ६८. २० प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेका छन्। जसमध्ये ८९ हजार ६३७ मत खसेको छ।