महोत्तरी -१ मा एमालेको अग्रता, माओवादीका गिरिराजमणी ६५९ मतले पछाडि
बर्दिबास : महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ ।
सुरुवाती अग्रस्थानमा रहेका माआवादीका उम्मेदवार गिरिराजमणी पोखरेललाई ६५९ मतले पछाडि पार्दै नेकपा एमालेका लक्ष्मी महतोले अग्रता लिएको हो ।
पछिल्लो मतपरिणामअनुसार एमालेका महतोले २८३० मत ल्याएका छन् भने माओवादीका गिरिराजमणीले २१७१ मत प्राप्त गरेका हुन् ।