मुस्ताङमा समानुपातिक मत कांग्रेसभन्दा एमालेको बढी
जोमसोम: प्रतिनिधि सभातर्फको समानुपातिक मत परिणाम अनुसार मुस्ताङमा एमालेले बढी मत पाएको छ ।
प्रतिनिधि सभाको समानुपातिक मत परिणाममा नेकपा(एमाले)ले पहिलो स्थान हासिल गरेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ मुस्ताङमा कुल ७ हजार ६९९ मत खसेको थियो । जसअन्तर्गत नेकपा(एमाले)को सूर्य चिन्हले ३ हजार ४०४ मत पाउँदा नेपाली कांग्रेसको रुख चिन्हले २ हजार ४८६ मत पाएको छ । समानुपातिक मतपरिणाममा कांग्रेसभन्दा एमालेको ९१८ मतले बढी छ ।
यसैगरि राष्ट्रिय स्वतन्त्रपार्टीको घन्टी चुनाब चिन्हले २९९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७ मत, नेकपा (माओवादी)को हसिया हथौडा चिन्हले ८९ मत, नेकपा एकीकृत समाजवादीको हसिँया हथौडा चुनाब चिह्नले ८९ मत प्राप्त गरेका छन् ।