भक्तपुर १ मा एमालेको अग्रता, नेमकिपा दोस्रो

भक्तपुर: भक्तपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । यो क्षेत्रको सशक्त उम्मेदवार नेपालम मजदुर किसान पार्टी (नेमकिपा)सामान्य मतान्तरले पछि छ ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका नवराज गेलालले ६ हजार आठ सय १७ मत पाएका छन् भने नेमकिपाका प्रेम सुवालले ५ हजार दुई सय ५९ मत पाएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको जारी मतगणना अन्तर्गत चाँगुनारायण नगरपालिका क्षेत्रको मतगणना हुँदा एमालेको अग्रता देखाएको हो । दिउँसो ४ बजेसम्म चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म मत गणना भएको छ । वडा नम्बर ८ र ९ को गणना हुन बाँकी छ ।
भक्तपुर क्षेत्र नम्बर १ मा कुल ७४ हजार मत खसेको थियो । यो नतिजा ३४ हजार मतसम्मको हो ।
प्रतिक्रिया दिनुहोस !
१
