पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार
वीरगन्ज : पर्सा क्षेत्र नम्बर ४ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सिंहासन सा कलवार दोहोरिएर निर्वाचित भएका छन्।
२०७४ को निर्वाचनमा त्यहि क्षेत्रबाट प्रदेशसभा निर्वाचित कलवार दोहोरिएर निर्वाचित भएका हुन्।
मंगलबार राति ९ बजे घोषित मतगणनाको अन्तिम परिणामअनुसार कलवार १५ हजार ३ सय ८५ मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु १२ हजार ६ सय ४१ मत पाएका छन्। कलवार र कानु बीचको मतान्तर २ हजार ७ सय ४४ रहेको छ। सत्तागठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शेख चाँद तारा भने १ हजार ७ सय ६५ मतका साथ तेस्रो स्थानमा सीमित भएकी छन्।
गत निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को (ख) मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जितेका कलवारले ११ हजार ७ सय ८ मत पाएका थिए।