हिमालयन बैंकले डिस्कभर्स अन्तराष्ट्रिय सञ्जालका कार्ड स्वीकार गर्ने

हिमालयन बैंकले डिस्कभर्स अन्तराष्ट्रिय सञ्जालका कार्ड स्वीकार गर्ने

काठमाडौं- विभिन्न अन्तराष्ट्रिय ब्राण्डका डेबिट क्रेडिट तथा प्रिपेड कार्ड स्वीकार गर्ने नेपालको एक मात्र बैंक हिमालयन बैंक(HBL)ले डिस्कभर्स, डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्वीकार गर्ने व्यवस्था शुरु गरेको छ ।

बैंक तथा डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्कबीच भएको उक्त व्यवस्थाले, कार्डधारकलाई उनीहरूको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरूमा भुक्तानी गर्ने विकल्पहरू उपलब्ध हुनेछ । 

डिस्कभर्सका कार्डहरू स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरूले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरूले वार्षीक रुपमा गर्ने ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन् ।

बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरूका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरूमा रहेका आफ्ना पस मेशिनहरूमा उक्त नेटवर्कका कार्डहरू स्वीकार गर्ने छ । डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरूले डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरू स्वीकार गर्ने छ । नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरूलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरूलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको बताएको छ ।

हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरू जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्वीकार गर्ने एक मात्र बैंक भएको बैंकले जनाएको छ । बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० एटीएम तथा ६ हजारभन्दा बढि पस टर्मिनलहरूमा स्वीकार गर्ने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.