झापा २ (ख) बाट एमालेका पाठक निर्वाचित
झापा: नेकपा एमाले प्रदेश कमिटी सचिव तिलचन पाठक (चिन्तन) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
झापा क्षेत्र नम्बर २ (ख) मा राप्रपासँग चुनावी तालमेल गरी उम्मेदवार बनेका पाठकले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तरले पराजित गरेका हुन् ।
मैनाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए । पाठकले २० हजार १ सय ८४ मत प्राप्त गरेका छन्, भने मैनाली १६ हजार ३ सय ४४ मत ल्याएका छन् ।
पाठक २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा उठेका थिए । त्यसबेला उनलाई कांग्रेसका रमेश भुजेलले पराजित गरेका थिए । यसअघि झापा २ (क) बाट एमालेका एकराज कार्की निर्वाचित भइसकेका छन् ।
प्रतिनिधि सभा सदस्यतर्फ एमालेका देवराज घिमिरेको अग्रता कायम छ ।