बझाङमा गठबन्धनका उम्मेद्वार निर्वाचित : प्रतिनिधिसभामा ३ हजार, प्रदेशमा २५ सय बढी मत बदर

बझाङमा गठबन्धनका उम्मेद्वार निर्वाचित : प्रतिनिधिसभामा ३ हजार, प्रदेशमा २५ सय बढी मत बदर

बझाङ : बझाङ गठबन्धनबाट वाम लोकतान्त्रिक गठबन्धन सबै उम्मेद्वार निर्वाचित भएका छन्। गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी प्रतिनिधी सभामा निर्वाचित भएका छन्।

सुरूदेखि नै अग्रता लिएको नेकपा एमालेले आधा मत गणनापछि पछि परेको हो। लगातार प्रतिस्पर्धामा गएको निर्वाचन पछिल्लो चरण ९९८ सयभन्दा बढी मतले अग्रता लिइरहेको थियो।

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवका अनुसार नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महराले २७ हजार १४५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार भानुभक्त जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन्।

प्रदेशसभा १ बाट गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह ३ हजार ७७६ मतले विजयी भए। उनले १७ हजार ११३ मत प्राप्त गरे भने एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरे।

बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ मा गठबन्धनका भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। जिल्ला निर्वाचन अधिकारी बिमलकुमार अधिकारीका अनुसार गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका नेता भण्डारीले १३ हजार ८७९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार लालबहादुर रावलले ११ हजार ३३७ मत प्राप्त गरेका छन्।  उनीहरुबीच २ हजार ५४२ मतान्तर छ।

जिल्लामा प्रतिनिधिसभामा कुल ६१ हजार ५ सय ६ मत खसेकोमा ३ हजार ४५९ मत बदर भएका छन्। यस्तै प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा ३२ हजार ४०८ मत खसेकोमा १ हजार १३० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ मा २९ हजार ७ सय ६८ मत खसेकोमा १ हजार ७ सय ६५ मत बदर भएको छ। जिल्ला भरी कुल मतदाता १ लाख २२ हजार ३७६ छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.