गौरमा कपडा पसलमा आगलागी : ३ बालबालिकाको मृत्यु, ३ घाइते

गौरमा कपडा पसलमा आगलागी : ३ बालबालिकाको मृत्यु, ३ घाइते

रौतहट : गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ। आगलागीमा जलेर  तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ।

घटनामा इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएका छन्। घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ। कपडा पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भइ आगो लागेको  अनुमान  छ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले आगलागी घटनाको अनुसन्धान भैरहेको बताए। एसपी मगरले भने, 'घटनाबारे अनुसन्धान भइरहेको छ।’ आगलागी हुँदा इस्लामको घरमा परिवारका १६ जना सदस्य सुतिरहेका थिए।

नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.