रौतहट २ मा कांग्रेसका फिरदोस आलमलाई हराउँदै स्वतन्त्रका किरण साह विजयी

रौतहट २ मा कांग्रेसका फिरदोस आलमलाई हराउँदै स्वतन्त्रका किरण साह विजयी

रौतहट : प्रतिनिधिसभा सदस्यमा  रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन्। साहले नेपाली कांग्रेसका उम्मेदवार डा.फिरदोस आलमलाई ४ हजार ५ सय ९४ मतान्तरले पराजित गरेका हुन्। 

साहले ३२ हजार ८ सय ४२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २ सय ४८ मत पाएका छन्। साहका प्रतिद्वन्द्वी आलम रौतहटमा पटक पटक मन्त्री भएका कांग्रेस नेता  मोहम्मद आफताव आलमका जेठो छोरा हुन्। 

माओवादीमा राजनीति गरेका साह  मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए। एमाले पार्टीले टिकट नदिएको र सो क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

साहले स्वतन्त्र उम्मेदवार समूह प्रभु साहको समूहसँग मिलेर चुनाव लडेका थिए। एमाले-जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साहले २ हजार १ सय ४२ मत पाएका छन्। एमालेका मधेशप्रदेश सदस्यसमेत रहेका शैलेन्द्रले जसपाबाट टिकट लिएर चुनावको अन्तिम दिन सार्वजनिकरुपमै किरण साहलाई समर्थन गरेक‍ो धोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.