कोरोना संक्रमण घट्दै, संक्रिय संक्रमित २९८
काठमाडौं : नेपालमा पछिल्लो केही समययता कोरोना संक्रमण घट्दै गएको छ। पछिल्लो समय थपिनेको संख्याभन्दा निको हुनेको संख्या बढी छ।
पछिल्लो २४ घन्टामा देशभरबाट ५२६ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६१ र एन्टिजेनबाट ३६५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार थप २९ जना कोरोनामुक्त भएका छन्।
हाल सक्रिय कोरोना संक्रमितको संख्या २९८ पुगेको छ।