टेस्ट ड्राइभका बिजेतालाई हुन्डाइको बिदाई

काठमाडौं: नेपालमा हुन्डाईको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का बिजेताको घोषणा गरेको छ।
बिजेताले कम्पनीको तर्फबाट विश्व कपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन्। हुन्डाई मोटरको 'गोल अफ द सेन्चुरी' अभियान अन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्व कप लक्षित अर्को क्याम्पेनका बिजेतालाई पनि कतारका लागि बिदाइ गरेको थियो।
कार्यक्रम अवधिभर ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरी क्याम्पेनमा सहभागी हुने व्यवस्था मिलाइएको थियो । जसमा हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का बिजेता चुनिएका छन्।
प्रतिक्रिया दिनुहोस !
