मुस्ताङका महिला उद्यमीको अवस्था बुझ्न अध्ययन
जोमसोम: मुस्ताङका महिला उद्यमीको अवस्था बुझ्न अध्ययन थालिएको छ ।
मुस्ताङका महिला उद्यमीको अवस्था र उद्यम विकासमा थप प्रोत्साहित गर्ने उद्देश्यले दक्षिण एशियाली महिला विकास मञ्चको आर्थिक सहयोगमा केसियम कलेज काठमाडौंको अध्ययन टोली मुस्ताङ पुगेको छ।
अध्ययन टोलीले कास्की ,तनहु, लमजुङ ,बाग्लुङ र त्यसपछि मुस्ताङमा अनुसन्धानात्मक अध्ययन सुरु गरेको छ ।
बदलिदो डिजिटल युगमा महिला उद्यमीलाई सहज वित्तिय कारोबार गर्न अनुसन्धानले सहयोग पुग्ने विश्वास रहेको मुख्य अनुसन्धानकर्ता रितेश ठाकुरले बताए । यो अनुसन्धानले मुस्ताङका महिला उद्यमीको वर्तमान अवस्था र उनीहरूलाई डिजिटल प्रविधिमा रुपान्तर गर्न टेवा पुग्ने उनले बताए ।