मुस्ताङमा तीन उम्मेदवारको धरौटी जफत

मुस्ताङमा तीन उम्मेदवारको धरौटी जफत

जोमसोम: मुस्ताङमा तीन जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभातर्फ दुई जना र प्रदेश सभातर्फ एक जनाको धरौटी जफत भएको सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा खसेको मतको १० प्रतिशत पाउँन नसकेमा उम्मेदवारको धरौटी जफत भएको हो । मुस्ताङमा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रवीण शेरचनको जमानत जफत भएको आचार्यले बताए।

‘उम्मेदवारले खसेको मतको १० प्रतिशत मत नल्याए धरौटी रकम जफत हुन्छ,’ आचार्यले भने । प्रतिनिधि सभातर्फ मुस्ताङमा १० हजार ९५७ मतदाता मध्ये ७ हजार २५८  मत खसेको थियो । 

जसमध्ये रास्वपाका सुदेश गुरुङले ८७ मत अर्थात १ दशमलव २ प्रतिशत र राप्रपा नेपालका उम्मेदवार प्रवीण शेरचनले १३ मत अर्थात शून्य दशमलव १८ प्रतिशत पाएका थिए । निर्वाचन अघि राप्रपा नेपालका उम्मेदवार शेरचनले रास्वपाका उम्मेदवारलाई सघाउने गरी आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका थिए ।

यसैगरी मुस्ताङ प्रदेश(२)मा  राप्रपा नेपालकी एक्ली महिला उम्मेदवार कर्म डोल्कर गुरुङको पनि धरौटी जफत भएको छ । ७ हजार ४१४ मतदाता मध्ये ५ हजार ३४६ मत खस्दा राप्रपा नेपालकी उम्मेदवार कर्म डोल्कर गुरुङले ५८ मत अर्थात शून्य दशमलव ८७ प्रतिशत प्राप्त गरेकी थिईन् ।

मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ जना उम्मेदवार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवार थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.