चिसो छल्न बाजुराबाट डोटी झारिँदैछ भेडा गोठ

चिसो छल्न बाजुराबाट डोटी झारिँदैछ भेडा गोठ

डोटी: बाजुराबाट चिसो छल्न भेडा गोठ डोटी झार्न थालिएको छ । 

बिगत जस्तै यो वर्ष पनि चिसो छल्न बुढीनन्दा नगरपालिका ९ बाजुरा कोल्टीका चन्द बोगटी भेडी गोठ  डोटी पुर्‍याएका छन् । उनीसँग झण्डै ७० भेडा छन् ।

चन्द्र बोगटीसहित तीन घर परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७  बुणामाजमा सडक छेउमा टेन्ट राखेर  बस्दै आएका छन् । यो टोली डोटीमा फागुन महिना सम्म बस्नेछ ।

बुढीनन्द नगरपालिका ९ का अर्का भेडाव्यवसायी मान सिंह थापा पनि चार वर्षदेखि यही ठाउँमा बस्दै आएका छन् । उनले भने, ‘भेडा पालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो पेशा हाम्रो पुर्खाले नै गर्दै आएको हो त्यसैलाई हामीले निरन्तरता दिएका हौं ।’ थापासँग अहिले ६५ भेडा छन् । उनी परिवार नै लिएर बणामाज पुगेका हुन् ।

बुढीनन्दा नगरपालिका ९ का शिवा गुरुङको भने बेग्लै अनुभव छ । उनी सुरुमा अरुको गोठमा काम गर्थे । अहिले उनी आफैँ भेडा पालक हुन् । ४९ वर्ष उनी ५ वर्षको हुदाँदेखि नै भेडा हेर्ने काम गर्थे। अहिले शिवाका एक सयभन्दा धेरै भेडा छन् । यही पेशाबाट उनको वार्षीक सात लाखसम्म आन्दानी हुन्छ ।

भेडा गोठ सार्नुपर्दा छोराको पढाई बिग्रने चिन्ता उनलाई छ । उनका ८ वर्षीय छोरा लोकसाम कक्षा ३ मा पढ्छन् । 

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदमा चिसो छल्न ४/५ महिना थाकथलो छोड्ने हुँदा बालबालिकाको पढाई प्रभावित हुने गेको छ । यस्तो समयमा सरकारले बसोबास कै क्षेत्रमा घुम्ती कक्षा सञ्चालन गर्न सके राम्रो हुने उनीहरूको भनाइ छ ।

भेडा पालक किसानले ऊनको राडी, पाखी, डसना बिक्री गर्दै आएका छन् । यसबाट प्रति भेडा ३५ हजारसम्म आम्दानी हुने गरेको छ । भेडा चराउन किसानले सामुदायिक वनलाई मासिक ७ हजार रोयल्टी तिर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.