‘सुविधा पास’ लिएर नेपाल आउन थाले भारतीय गाडी

‘सुविधा पास’ लिएर नेपाल आउन थाले भारतीय गाडी

इलाम: 'सुविधा पास' लिएर भारतीय सवारी नेपाल प्रवेश गर्न थालेका छन् । 

सूर्योदय नगर उद्योग वाणिज्य संघको पहलमा पशुपतिनगर भन्सार कार्यालयले आइतबार(आज)देखि सुविधा पास उपलब्ध गराउन थालेको हो । भारतीय नम्बर प्लेटका निजी सवारीलाई नेपाल भित्रन पशुपतिनगर नाकाबाट ‘सुविधा पास’ उपलब्ध गराइन्छ । 

तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले बिहीबार सरोकारवालासँग छलफल गरी भारतीय नम्बर प्लेटका जीप, कार र मोटरसाइकललाई ‘सुविधा पास’ दिने निर्णय गरेको थियो ।

पशुपतिनगर भन्सार कार्यालयका प्रमुख प्रेमबहादुर लामाले पशुपतिनगर बजारको तल्लो छेउसम्मका लागि ‘सुविधा पास’ उपलव्ध गराउने व्यवस्था गरेको बताए । 

इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले भारतीय पर्यटकको आवागमन बढाउन यो निर्णय लिएको बताए । उनले भने, ‘व्यापारिक सम्भावना भएको बजार भएपनि कतिपय असहजताका कारण भारतीय पर्यटक आउने सहज वातावरण थिएन । अब भारतीय पर्यटकको संख्या बढ्ने अनुमान गरेका छौँ । सुविधा पासले पनि केही सहजता ल्याउने छ ।'

सूर्योदय उद्योग वाणिज्य संघ र सूर्योदय होटल एसोसिएसन, पर्यटन व्यवसायसँग आबद्ध संघसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई ‘सुविधा पास’मा प्रवेश दिन माग गर्दै आएका थिए । कोभिड १९ को प्रकोप पछि ‘सुविधा पास’ बन्द थियो ।
  
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले व्यवसायीले यात्रुसँग चर्को मुल्य असुलेको गुनासो आइरहेकाले मुल्य सूची, भाडा दरमा एकरुपता ल्याएर सेवा प्रदान गर्न सुझाव दिए । उनले भने ‘कानुन अनुसार स्वच्छ र पारदर्शी सेवाका लागि सबैले सहकार्य गर्नु आवश्यक देखिएको छ ।’

‘सुविधा पास’ बन्द भएपछि सूर्योदय नगर उद्योग वाणिज्य संघले सरोकारवालासँग सेवा पूर्ववत खुलाउने पहल भइरहेको संघका अध्यक्ष प्रमोद राईले बताए । 

अध्यक्ष राईले भने, ‘भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाघेर पशुपतिनगर  बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने छ ।’

यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक पाँच सय रुपयाँ रकम तिरेर अस्थायी अनुमतिपत्र लिनुपर्थ्यो ।

झापाको मेची भन्सार कार्यालयले असोज १० देखि नै सुविधाको पासमा भारतीय गाडी नेपाल आउने व्यवस्था गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.