'शिवमसँग उपहार टन्न' उपहार योजना सार्वजनिक

काठमाडौं : शिवम् सिमेन्टले 'शिवमसँग उपहार टन्न' नामक सर्वाधिक धनराशीको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको छ।
'शिवमसँग उपहार टन्न' नामक योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्न सकिनेछ।
उक्त कुपन स्क्र्याच गरी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सकिनेछ।
सोही कुपनका आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउन सकिनेछ।
जसअनुसार हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी ग्राहकहरूलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत विजेता घोषणा गरिने छ।
तर अन्तिम महिनामा प्राप्त कुपनहरू मसिक लक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेश गरिने छ।
मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ।
मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरूले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन्।
लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ।
यो उपहार योजना २०७९ मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ। स्क्र्याच मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीका लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम् सिमेन्टको बिक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने छ।
एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरूलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ।
ओपिसि सिमेन्ट मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको चुनढुङ्गाबाट गुणस्तरीय ओपिसि सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ।
शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो।
प्रतिक्रिया दिनुहोस !
