चुनावपछि सुनसान बन्दै उपल्लो मुस्ताङ

चुनावपछि सुनसान बन्दै उपल्लो मुस्ताङ

जोमसोम: प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिए लगत्तै उपल्लो मुस्ताङ सुनसान बनेको छ ।  चिसो र हिमपात हुने भएकाले सीमावर्तीक्षेत्रका नागरिक न्यानो खोज्दै बेसी झरेका छन् । 

हिउँदयामको मौसममा जाडो छल्न र घुम्ती व्यापारका लागि बेसी झर्ने उपल्लो मुस्ताङबासीको परम्परा नै हो ।

चिसो मौसममा लोमान्थाङ, चराङ, घमी र छुसाङको मुख्य सडकमा सञ्चालित होटलमा पनि चहलपहल कम हुन्छ । कार्तिकको अन्तिम लागेपछि होटल व्यवसायी पनि उपल्लो मुस्ताङ बस्दैनन् । यो वर्ष निर्वाचन भएकाले अलि लामो समय गाउँ बसे पनि अहिले प्राय:जसोले गाउँ छोडिसकेका छन् । 

चिसोले उपल्लो मुस्ताङमा यातायात सेवा बन्द 
अत्यधिक चिसोले शुक्रबारदेखि उपल्लो मुस्ताङ रुढमा चल्ने सवारी साधनको सेवा बन्द गरिएको छ । 

चिसोका कारण गाउँमा स्थानीय नागरिक नहुँदा र पर्यटक समेतको चहल/पहल नहुँदा जोमसोम–लोमान्थाङ यातायात सेवा केही हिउँदयाम भरी बन्द रहने  उपल्लो मुस्ताङ यातायात सेवा प्रालिका अध्यक्ष देव गुरुङले जानकारी दिए ।

‘चिसोले गर्दा यात्रु पनि हुँदैन, माथि पुगेका सवारी चिसोले पनि स्टार्ट हुँदैन,’ प्रालिका अध्यक्ष गुरुङले भने,‘ ईन्धनको पैसा पनि उठेदैन, यात्रु पनि हुँदैन,यसैले सेवा स्थगित गरेका हौं ।’ 

उनले हिउँदयाममा उपल्लो मुस्ताङ रुढमा चल्ने सवारीलाई पोखरा झारेर मर्मतको काम गर्ने बताए । उनले वैशाख लागेपछि सेवा सुचारु गर्ने बताए ।

यसैगरी चिसोका कारण मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति पातलिएसँगै पोखरा–जोमसोम हवाई सेवा शनिबारदेखि अनिश्चितकालका लागि बन्द भएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । कार्यालयले आपत्कालीन हेली उद्दार र हेली चार्टर उडान भने बन्द नहुने बताईएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.