विपद् प्रतिकार्य सामग्री हस्तान्तरण
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाले विपद् प्रतिकार्य सामग्री वितरण गरेको छ।
गाउँपालिकाले सोमबार पाँचवटै वडालाई ४० हजार मुल्य बराबरको करिव २ लाख रुपैयाँको विपदजन्य व्यवस्थापन सामग्री वितरण गरेको हो।
गाउँपालिकाका सबै वडामा हुने सम्भावित विपद् र त्यसको प्रतिकार्यका लागि उद्दार तथा व्यवस्थापन सामग्री वितरण गरेको हो।
गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत गौरीनाथ आचार्यले पालिकाका वडाका वडाध्यक्ष र वडासचिवहरूलाई संयुक्त रूपमा विपद् व्यव्सथापन सामग्री हस्तान्तरण गरेका हुन्।
गण्डकी प्रदेश र पालिकाबीच भएको ‘नवप्रवर्तन साझेदारी कार्यक्रम’ अन्तर्गत पालिका ५ वटै वडाहरुलाई ३५ थरीका विभिन्न विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रमअन्तर्गत पालिकाले विपद् व्यवस्थापन सामग्री खुर्पा, डोरी,बञ्चरो,लठ्ठी, साबेल, गल,लाईफ जकेट, करौती,पिक, पञ्जा,घन, गमबुट, टर्च लाईट, बाकस,हेलिमेट, स्लीपिङ बेक, ब्याग ट्रेनिङ,रेनकोट,कम्बल,डस्टबिन, इलेक्ट्रिक हिटर, पानी तान्ने पम्प, ड्रिल मेशिन, मेटल कटर, डिजिटल मेडोमिटर, टिभी र स्पीकर लगायतका सामग्री हस्तान्तरण गरेको हो।