स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्यो

स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्यो

मुगु :  जिल्लाका चारै स्थानीय तहमा  स्वास्थ्य संस्थामा नियमित चेकजाँच गरी सुत्केरी हुनेको संख्यामा वृद्धि भएको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/०८९ मा गर्भवतीहरूले नियमिति चेकजाँच गरी आफनो पाएक पर्ने स्वास्थ्य संस्थामा सुत्केरी हुनेका संख्यामा वृद्धि भएको पाइएको हो।

तथ्यांकअनुसार १ हजार २ सय १६ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन्। 

तथ्यांकअनुसार सात जना महिला घरमै सुत्केरी भएका र  छ जना गर्भवतीलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्त्रर्गत हेलिकोप्टरमार्फत सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकार पशुराम नेपालीले बताए।

जिल्लामा  एक अस्पताल, एक प्रथामिक स्वास्थ्य केन्द्र र ३२ प्रसूति केन्द्र छन। यी सबै स्वास्थ्य संस्थामा तालिम प्राप्त जनशक्ति  छन्। 

नियमित चेक जाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने गर्भवतीलाई यातायात खर्च बापत ३ हजार ८ सय रकम उपलब्ध हुँदै आएको छ। 

अहिले जिल्लामा मातृ मृत्युदर पनि शून्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख उमेश गौतमले जानकारी दिए।

जिल्ला अस्पातल मुगुमा सुत्केरी गराउन पुगेकी सदरमुकाम गमगढीमा बस्दै आएकी जुम्ला सिंजाकी सरिता बुढा। तस्बिर : जीवन सेजुवाल मुगु


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.