देउवालाई प्रधानमन्त्री बन्न एमालेले समर्थन गर्छ (भिडियो वार्ता)

देउवालाई प्रधानमन्त्री बन्न एमालेले समर्थन गर्छ (भिडियो वार्ता)

काठमाडौं: राजनीतिक विश्लेषक लोककृष्ण भट्टराईले अबको सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्ने बताएका छन्। देउवालाई प्रधानमन्त्री बन्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समर्थन गर्ने भट्टराईको तर्क छ।

ओलीको समर्थनमा देउवाले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने बताउँदै उनले राष्ट्रपति पनि कांग्रेसकै बन्ने बताए । पार्टीभित्रको सन्तुलन मिलाउन रामचन्द्र पौडेललाई देउवाले राष्ट्रपति बनाउने सम्भावना देख्छन् भट्टराई ।

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै भट्टराईले गगन थापा, डा शेखर कोइराला अहिले नै प्रधानमन्त्री नबन्ने बताए ।

प्रधानमन्त्रीमा प्रचण्डको दाबी अस्वाभाविक भएको उनको ठहर छ। उनले भने, 'प्रचण्ड प्रधानमन्त्री त्यसबेला बन्छन् जब उनले नेकपाकालीन समयमा ओलीलाई लगाएको १९ पृष्ठको आरोप फिर्ता लिएर ओलीसँग मिल्नुपर्छ ।'

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको औचित्य सकिएको बताउँदै उनले नेपालले आफ्नो पार्टीलाई एमालेसँगै मिलाउन उपयुक्त हुने बताए । भट्टराईसँगको कुराकानी हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.