पूर्वाधारमैत्री कानून बनाउन महासंघको माग

पूर्वाधारमैत्री कानून बनाउन महासंघको माग

उदयपुर: निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले पूर्वाधारमैत्री ऐन, कानून बनाउन सकेमात्र देश समृद्ध बनाउन सकिने बताएका छन् । 

निर्माण व्यवसायी संघ उदयपुरको आठौँ जिल्ला अधिवेशन तथा १० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले राज्यका नीतिहरु एकआपसमा मिल्दोजुल्दो नहुँदा समयमा काम नहुने समस्या देखिएकाले पूर्वाधारमैत्री कानून बनाउनु पर्ने धारणा व्यक्त गरे।
 

विकास आयोजना निर्माणमा राज्यकै कैयन नीति नियमकै कारण व्यवसासयीहरुले समस्या झेल्नु परेको बताउँदै उनले समयमा काम सम्पन्न नहुनुको दोष व्यवसायीलाई मात्रै देखाउनु भन्दा पनि राज्यका नीति नियम सहि ढंगले आकर्षित भएका छन या छैनन् हेर्नु पर्ने बताए । 

उनले पूर्वाधारमैत्री कानून नबन्दा व्यवसायीले लगानी गरेर गरेका कामहरुसमेत समयमा भुक्तानी नहुने, भुक्तानीका लागि झन्भट व्यहोर्नु पर्ने जस्ता समस्या देखिएकाले निर्वाधरुपले काम गर्ने वातावरण बनाउनु पर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.