४ जनामा कोरोना संक्रमण हुँदा ४ निको भए

४ जनामा कोरोना संक्रमण हुँदा ४ निको भए

काठमाठौं : नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ। अधिकांश मानिसले कोरोनाविरुद्धको खोप लगाएर शरीरमा प्राकृतिक रुपमा एन्टबडी बनेकाले कोरोना संक्रमण दर घट्दै गएको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार कोरोना भाइरसको डेल्टा भेरियन्ट कमजोर हुँदै गएपछि संक्रमण दर पनि घट्दै गएको हो।

बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ७३० नमूनामध्ये ४ को रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार २१९ नमूनाको पीसीआर र ५११ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो।

जसमध्ये पीसीआरबाट ३ र एन्टिजेनबाट १ जनामा संक्रमण देखिएको हो।

बिहीबार थप ४ जना डिस्चार्ज भएका छन्।

हाल सक्रिय संक्रमितको संख्या १५ रहेको मन्त्रालयले  जनाएको छ।

पछिल्लो २४ घन्टामा  ७९०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.