बलिउड अभिनेता विवेक ओबरायद्वारा पशुपतिनाथमा विशेष पूजा

बलिउड अभिनेता विवेक ओबरायद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौं : बलिउड अभिनेता विवेक ओबरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कलाकार ओबरायले दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए। विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गरेको जनाइएको छ।

बलिउड नायक ओबराय परिवारसहित घुम्न बुधबार नेपाल आएका थिए। धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा गर्ने गरेको पनि कोषले जनाएको छ। यसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि योगदान गरिरहेको छ। 

पशुपतिनाथलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले आस्थाको केन्द्रका रूपमा मान्ने गरेका छन्। विश्वका जुनसुकै कुनामा रहेका हिन्दू पनि जीवनकालमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन्।

पशुपतिमा धनुर्मास पूजाको तयारी
यसैबीच कोषले पशुपतिनाथमा धनुर्मास पूजाको तयारी गरेको छ। पुस ४ गते सोमबार राति पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिने पनि महाशाखा प्रमुख पराजुलीले जानकारी दिए। खिचडीको भोग पनि पशुपतिनाथमा पुस ४ गते राति नै लगाइने छ। 
 
पुस ५ गते बिहान १० बजेसम्म यो पूजा चल्ने छ। धनुर्मास पूजा सकिएपछि भने बिहान १० बजेदेखि नै मन्दिर बन्द गरिने पनि कोषले जनाएको छ। पशुपतिनाथमा प्रत्येक वर्ष पुस महिनामा धनुर्मास पूजा गर्ने प्राचीनकालदेखिको परम्परा छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.