हरेक फिल्ममा मेरो संघर्ष उस्तै हुन्छ : आर्यन सिग्देल

हरेक फिल्ममा मेरो संघर्ष उस्तै हुन्छ : आर्यन सिग्देल

काठमाडौं : अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन्। पछिल्लो फिल्ममार्फत् सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’बाट आशावादी छन्। 

उनले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए। 'म कतै हराएको छैन। फिल्ममा अभिनय गरिरहेको छु। मेरो लागि हरेक फिल्म नयाँ हुन्छ। हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ। यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो। दर्शकले खोजे झैँ यसमा हाँसो, रोदन, प्रेम र द्वन्द्वको मिश्रण छ,' उनले भने। 

अभिनेता सिग्देलले डेढदशक लामो फिल्मी यात्रामा ४० वटामा अभिनय गरेका छन्। ‘क्लिन हिट’को खोजीमा रहेका अभिनेता सिग्देल यसपटक प्राविधिक पक्षमा सक्रिय छन्। 'मैले सहयोगी भाव डेब्यु फिल्म ‘किस्मत’ देखि नै देखाउने गरेको छु। म फिल्म खेलेर आफ्नो काममात्र पूरा गर्दिनँ। राम्रो बनाउन सकेको मेहनत गर्छु,' उनले भने। 

फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको छ। रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन्। निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन्। 

यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.