अहिलेकै सत्ता गठबन्धनको सरकार बने २ वर्षमा संसद भंगको खतरा (भिडियो वार्ता)

अहिलेकै सत्ता गठबन्धनको सरकार बने २ वर्षमा संसद भंगको खतरा (भिडियो वार्ता)

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिन भित्र सरकार गठन गर्न आग्रह गरेसँगै राजनीतिक वृत्तमा नयाँ सरकार गठनको विषयले थप पेचिलो बनेको छ।

आन्तरिक छलफलमा जुटेका दल र दलका शीर्ष नेताको  दौडधुप पनि बाक्लिएको छ। अबको सत्ता समीकरण र आगामी राजनीतिक दलका एजेण्डाबारे फरक फरक बहस पनि भइरहेको छ। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र आ-आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्यमा छन्। वर्तमान गठबन्धनकै नेताबीच फरकमत रहेका बेला नेकपा एमालेका नेता विशाल भट्टराईले भने अहिलेकै सत्ता गठबन्धनको सरकार बनेमा २ वर्षपछि संसद भंगको खतरा रहेको बताएका छन्। उनले मुलुक मध्यावधीमा जाने वा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावनामा पुग्ने भट्टराई तर्क गर्छन्।

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै भट्टराईले परिस्थिति आइलागे एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने बताए । अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा केही दिनयता कांग्रेस-माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले गरेको भेटघाट केपी ओलीको इच्छामा नभइ उनीहरूकै इच्छामा भएको भट्टराईले बताए । ओलीसँगको भेटमा सरकार गठन, मुलुकलाई निकास दिने मामिलामा छलफल भएको बताउँदै उनले रवि लामिछानेसँग भएको भेट पनि त्यसैको शिलशिला भएको दाबी गरे।

सरकारले ल्याएको अध्यादेशमा एमालेले दोहोरो चरित्र देखाएको आरोपको खण्डन गर्दै उलने एमालेले रेशमलाई जेलमुक्त गर्न चाहेको तर अदालतमा विचाराधिन मुद्दा फिर्ता लिँदा कानूनी प्रश्न उठ्ने भएकाले व्याक भएको बताए ।

राष्ट्रपतिमार्फत एमालेले राजनीति गर्न खोजेको भन्नु सर्वथा गलत भएको भन्दै उनले राष्ट्रपतिको निजी विषयमा एमालेलाई जोड्नू वाञ्छनीय नहुने बताए। राष्ट्रपति राजनीतिमा आउने कुरा नकार्न सकिन्न भन्दै उनले एमालेको अध्यक्ष बन्न चाहँदा विद्यादेवी भण्डारीलाई एमालेको बहुसंख्यक पंक्तिले स्वीकार्ने उनले बताए। भट्टराईसँगको वार्ता हेर्नुहोस्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.