गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी, सिटामोल लिन पाँच घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी, सिटामोल लिन पाँच घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो

गोरखा: चुमनुब्री गाउँपालिका-३ न्याकका बासिन्दाले अब सिटामोल र जीवनजल पाउन पाँच घण्टा हिँड्नु पर्ने बाध्यता अन्त्य भएको छ। गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि करिब ४० घरधुरीका बासिन्दाले गाउँमै प्राथमिक उपचार सेवा पाउने भएका छन्। गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि गाउँले पनि खुसी छन्।

गाउँपालिकाले आइतबार न्याकमा स्वास्थ्य इकाइ स्थापना गरेको छ। एकजना अहेब तहका कर्मचारी र औषधीसहित स्वास्थ्य इकाइ स्थापना गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

‘न्याकबाट स्वास्थ्य सेवा लिन गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आइपुग्नु पर्थ्यो। धेरै दु:ख भयो भनेर त्यहाँका बासिन्दाले सँधै माग गरिरहन्थे’, लामाले भने, ‘स्थानीयको मागलाई सम्बोधन गर्दै धेरै मेहनतपछि सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्न सफल भएका छौँ । यो सिँगो गाउँपालिकाको खुशीको कुरा हो।’

यो गाउँमा सरकारी तथा नीजि स्वास्थ्य संस्था पनि थिएन। सामान्य स्वास्थ्य समस्या भए पनि सेवा लिन पाँच घण्टा उकालो ओह्रालो हिडेर फिलिम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय सूर्य गुरुङ बताउँछन् । ‘सानोतिनो घाउचोट लागे पनि फिलिमै पुग्नु पर्ने, पखाला लाग्दा जीवनजल लिन पनि फिलिमै धाउनु पर्ने, सामान्य ज्वरोको निको पार्न चाहिने सिटामोल लिन पनि फिलिमै पुग्नुपर्ने थियो’, गुरुङले भने, ‘त्यसैले हामीले धेरै पहिलेदेखि नै गाउँमा हेल्थपोस्ट मागिरहेका थियौँ । आज बल्लतल्ल स्थापना भएको छ । हामी सबै धेरै खुशी छौँ ।’ 

यहाँबाट गाउँपालिकाको केन्द्र र वडा कार्यालय पुग्न पाँच घण्टा पैदल हिँड्नुपर्छ। सडक सञ्जालले नजोडेको हुँदा यहाँबाट सदरमुकाम पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्छ । दुर्गममा रहेकाले सरकारको नजर नपरेको न्याकमा बिजुली र मोबाइल सेवा पनि गतबर्ष मात्र पुगेको थियो। अब विस्तारै विस्तारै विकासका आधारभूत सेवाहरु गाउँमा पुगिरहेपछि गाउँले खुशी भएको सूर्य गुरुङ बताउँछन्।
 
गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार बिगत एकबर्षदेखि बन्द रहेको चुमनुब्री ७ छेकम्पारको लारस्थित स्वास्थ्य इकाइ पनि आइतबारदेखि सञ्चालनमा आएको छ। चाया नेपाल नामक गैर सरकारी संस्थाले छाडेर गएपछि एक वर्षअघिदेखि बन्द रहेको लारस्थित स्वास्थ्य इकाइमा एक अनमि पठाएर सेवा सुचारु गरिएको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.