मुस्ताङको घरपझोङमा एम्बुलेन्स छ, चालक छैनन्

मुस्ताङको घरपझोङमा एम्बुलेन्स छ, चालक छैनन्

जोमसोम : मुस्ताङको घरपझोङ–४ जोमसोमकी न्हिमाढोका गुरुङ जोमसोम अस्पतालमा सुत्केरी भइन्। तर, उनले जन्माएको शिशुमा स्वास्थ्य समस्या देखियो। जोमसोम अस्पतालमा उपचार सम्भव नहुँदा शिशुलाई चिकित्सकले पोखरा रिफर गरे। 

न्हिमाढोकाका आफन्तले पोखरा लैजान घरपझोङ गाउँपालिकाको एम्बुलेन्स माग गरे। तर, चालक नहुँदा सम्भव भएन। शिशुलाई चालक अर्कै खोजेर गाउँपालिकाको एम्बुलेन्समा पोखरातर्फ लगिन्। तर,उनको शिशु अस्पताल नपुर्‍याउँदै बीचबाटोमै खेर गयो। यो गत मंसिर ४ गतेको घटना थियो।

मुस्ताङको लोघेरक दामोदरकुण्ड गाउँपालिका ध्ये गाउँकी ल्हामोगुरुङको ६४ वर्षीय बुवा भुचिङ गुरुङ कलेजोसम्बन्धी समस्याले बिरामी पर्दा मंसिर २४ गते जोमसोम अस्पतालमा ल्याइयो। अस्पतालमा ल्याइएका उनलाई थप उपचारका लागि पोखरा रिफर गरियो। 

मुस्ताङको घरपझोङ गाउँपालिकामा भारतीय राजदूतावासले दिएको नयाँ एम्बुलेन्स छ। तर, एम्बुलेन्सकै लागि भनेर चालकको अझै व्यवस्थापन गरिएको छैन।

पोखरा रिफर गरिएका गुरुङलाई लैजान एम्बुलेन्स खोजियो। तर ,घरपझोङ गाउँपालिकामा एम्बुलेन्स भएपनि चालक थिएनन्। उनलाई पनि थासाङको लेतेबाट अर्को चालक खोजेर घरपझोङको एम्बुलेन्समा पोखरा पठाइयो। 

मंसिर २९ गते फेरी  घरपझोङ–१ चिमाङ बस्ने मंगल थकाली पिसाबको समस्याले जोमसोम अस्पताल पुगे। तर,उनको उपचार पनि त्यहाँ सम्भव भएन। उनले पनि भाडाको गाडी रिजर्भ गर्नुपर्‍यो।

जोमसोमका ७७ वर्षीय सोमत बहादुर विक मृगौला सम्बन्धी रोगले बिरामी परे। उनलाई जोमसोम अस्पतालबाट पोखरा लैजानुपर्ने भयो। पुस १ गते बिरामी परेका उनलाई अर्को प्राइभेट गाडी रिजर्भ गरी पोखरा लगियो। उनले चर्को शुल्क तिरेर प्राईभेट गाडीको व्यवस्था गर्नुपर्‍यो। 

यो त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्ता धेरै सर्वसाधरणले एम्बुलेन्स सेवाबाट बञ्चित हुन परेको छ। मुस्ताङको घरपझोङ गाउँपालिकामा भारतीय राजदूतावासले दिएको नयाँ एम्बुलेन्स छ। 

तर, एम्बुलेन्सकै लागि भनेर चालकको अझै व्यवस्थापन गरिएको छैन। दूतावासले गत जेठ महिनामा गाउँपालिकालाई नयाँ एम्बुलेन्स उपहार दिएको थियो। गाउँपालिकाले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ समेत तयार गरेको छ। 

कार्यविधिमा चालक व्यवस्थापनसहित अन्य एम्बुलेन्स सञ्चालन सम्बन्धी थुप्रै नियमहरू बनायो। तर, एम्बुलेन्सको उपयोग सम्बन्धमा प्रभावकारीता ल्याउन सकेको छैन। 

गाउँपालिकाले प्रशासनिक तथा जनप्रतिनिधिका लागि व्यवस्थापन गरिएकै चालकबाट एम्बुलेन्स सञ्चालन गर्दा प्रभावकारिता आउन नसकेको हो। 

अहिले पनि एम्बुलेन्स चलाउने जिम्मा गाउँपालिकाकै सरकारी गाडी चलाउने चालकलाई जिम्मा दिइएको छ। अस्पतालमा एम्बुलेन्स सेवाग्राहीले गाउँपालिकामा एम्बुलेन्स चालक नहुँदा यसप्रकारको समस्या उत्पन्न भएको हो। 

एम्बुलेन्स सेवाबाट पीडित जोमसोमकी सरिता विकले नागरिकको सेवाका लागि उपलब्ध एम्बुलेन्सलाई चालकको व्यवस्था गर्नपर्ने बताइन्। 

‘हामीले एम्बुलेन्स चालक खोजिरहेका छौं, हेभी र लाइट दुवै चलाउने चालक खोज्दैछौं ,’अध्यक्ष लालचनले भने अहिले कामचलाउ मात्र गरिएको हो अब छिट्टै एम्बुलेन्स चालक नियुक्ती गछौं।' 

उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा स्थानीय तह जिम्मेवार हुनु पर्ने बताइन्। यस्तै, घरपझोङ–१ चिमाङका मंगल थकालीले गाउँपालिकाले एम्बुलेन्स सेवालाई छिटो छरितो र सेवामैत्री बनाउन चालक राख्न कन्जुस्याई गरेको बताए। 

यता, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एम्बुलेन्स चलाउने चालकको व्यवस्थापन चाँडै गरिने बताए। ‘हामीले एम्बुलेन्स चालक खोजिरहेका छौं, हेभी र लाइट दुवै चलाउने चालक खोज्दैछौं ,’अध्यक्ष लालचनले भने अहिले कामचलाउ मात्र गरिएको हो अब छिट्टै एम्बुलेन्स चालक नियुक्ती गछौं।' 

मुस्ताङको थासाङ–३ को लेते प्राथमिक स्वास्थ्य केन्द्र र थासाङ–१ टुकुचे स्वास्थ्य चौकीमा एम्बुलेन्ससहितको चालकको व्यवस्था गरिएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एम्बुलेन्स सुविधा छैन। 

मुस्ताङ जिल्ला अस्पतालमा एम्बुलेन्स भएपनि बिग्रिएर जीर्ण बनेको अस्पतालका मेसु डा.विशाल तिवारीले जानकारी दिए। 

‘हामीले सबै प्रक्रिया पुर्‍याएर नयाँ एम्बुलेन्सको माग प्रदेश सरकार गर्दै कागजात पठाएका छौं,’उनले भने,‘ पक्कै पनि प्रदेश सरकारले चाँडै एम्बुलेन्स पठाउला।’ 

यस्तै, नेपाल रेडक्रस सोसाइटीको स्वामित्वमा रहेको एक एम्बुलेन्स पनि ज्यादै पुरानो भएर जीर्ण बनेको छ। सो एम्बुलेन्स भारतीय दूतावासको सहयोगमा प्राप्त भएको थियो। 

रेडक्रसका जिल्ला सभापति चन्द्रबहादुर थकालीले एम्बुलेन्स काम चलाउ अवस्थामा समेत नरहेको जानकारी दिए। मुस्ताङको जोमसोममा एम्बुलेन्स सेवा सुविधा प्रभावकारिता नहुँदा घरपझोङ गाउँपालिकासहित उपल्लो भेगका दुईपालिकाका बिरामीलाई थप उपचारका लागि पोखरा लैजान समस्या परेको हो।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.