आरती स्ट्रिप्समा कार्यरत मजदुरको मेसिनले खुट्टा काट्यो
विराटनगर: आरती स्ट्रिप्समा कार्यरत एक मजदुरको मेसिनले खुट्टा काटेको छ। उद्योगको हाइड्रोलिक पावर मेसिनले ३४ वर्षीय मजदुर लालचन ऋषिदेवको खुट्टा काटेको छ। उनको विराट शिक्षण अस्पतालमा उपचार गरी थप उपचार गर्न काठमाडौं पठाइएको छ।
बुधबार बिहान ६ बजेतिर मेसिनले लालचनको खुट्टा काटेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।