अब देउवापछि खोजिने पात्र गगन थापा नै हुन् (भिडियो वार्ता)

अब देउवापछि खोजिने पात्र गगन थापा नै हुन् (भिडियो वार्ता)

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। संसदीय दलको नेतामा पराजित भए पनि गगन थापा अब देउवापछि सबैभन्दा खोजिने पात्र बन्ने अग्रज पत्रकार प्रेम कैदीले बताएका छन्। 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै कैदीले देउवा कांग्रेस संसदीय दलको नेता चयन भइसकेकाले उनी इमान्दार भइरहे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नै अबको प्रधानमन्त्री बन्ने बताए। सत्ता समीकरणमा भएको गृहकार्यले अबको राष्ट्रपति गैरराजनीतिक व्यक्ति वा नेपाली कांग्रेसबाटै हुने कैदीको तर्क छ।

गगन थापा संसदीय दलमा उठ्नु विदेशीको योजना रहेको बताउँछन् कैदी । उनले भने, 'देउवा र गगन एउटै मोर्चाका हुन्। गगनले हारेका होइनन्। उनलाई प्लान 'बी' का लागि विदेशीले खडा गरेको पात्र हुन्। अप्ठ्यारो पर्दा देउवापछि खोजिने पात्र अब गगन नै हुन्।'

कैदीले अर्थतन्त्र नाजुक भएको तथ्यहरू सार्वजनिक हुँदा हुँदै मुलुक समृद्ध बनाउँछौँ भन्ने नेताहरूको भनाइ व्यवहार संगत नभएको बताए। योजना नै नभइ मुलुक समृद्ध बनाउने नेताको कुरा जनता ठग्ने बाहनामात्र भएको उनको भनाइ छ। देशको आर्थिक अवस्था कर्मचारीलाई तलव दिनै नपुग्ने गरी खुम्चिएको बताउँदै उनले यसलाई उकास्ने नेतृत्व चाहिने बताए।

नेपालमा धर्मका नाममा विदेशीको चलखेल बढेको भन्दै उनले वैशाखपछि व्यवस्था नै परिवर्तन हुने खतरा रहेको दावी गरे। कैदीसँग गरिएको कुराकानी हेर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.