बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा शर्मा नियुक्त

बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा शर्मा नियुक्त

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको शिक्षाध्यक्ष  (रेक्टर) पदमा प्रा. डा सञ्जिवकुमार शर्मा नियुक्त भएका छन्। उनलाई स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति भवानी खापुङ्ले नियुक्त गरेका हुन्। 

प्रतिष्ठानको पूर्व मेडिसिन विभाग प्रमुख तथ  मिर्गौला तथा मुटुरोग विशेषज्ञ रहेका शर्माले बिहिबार कार्यभार सम्मलेका छन्। उनलाई प्रतिष्ठानका निवर्तमान रेक्टर डाक्टर गुरु खनाल लगायतका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए। नव नियुक्त रेक्टर शर्माले आफ्नो कार्यकालमा प्रतिष्ठानको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा व्यापक परिवर्तन गर्ने प्रतिवद्धता जनाएका छन्। उनले प्रतिष्ठानको सुधारका लागि यहाँ कार्यरत चिकित्सक र कर्मचारीलाई समेत सहयोग गर्न अनुरोध गरेका छन्।

प्रतिष्ठान बचाउन सबै एकजुट भए मात्र सम्भव हुने भन्दै शर्माले आफ्नो कार्यकालमा कुनै पनि नराम्रो  नियम विपरितका काम नगर्ने बताए। शर्मा प्रतिष्ठानका कुशल र इमानदार चिकित्सकका रुपमा चिनिन्छन्। 

प्रतिष्ठानको माइक्रो बायोलोजी विभागाका प्रमुख डाक्टर नारायण भट्टराईले शर्माको नियुक्तिले प्रतिष्ठान सुधारमा सहयोग पुग्ने बताए। उनले प्रतिष्ठानमा कार्यरतमध्य योग्य र इमान्दार छवी बनाएका शर्मालाइ रेक्टर नियुक्त गर्ने भन्दै स्वास्थ्यमन्त्री भवानी खापुङलाई धन्यवाद दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.