‘मिस तामाङ वर्ल्ड २०२२’ हुने

‘मिस तामाङ वर्ल्ड २०२२’ हुने

झापा: भारतको पश्चिम बंगालमा ‘मिस तामाङ वर्ल्ड २०२२’ प्रतियोगिता हुने भएको छ। आगामी फेब्रुअरी ११ तारिखमा भारतको सिलीगुढीमा आयोजना हुन लागेको ‘मिस तामाङ वर्ल्ड २०२२’ को ग्रान्ड फिनालेलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन मिस तामाङ फाउन्डेसनले तयारी तीव्र पारेको छ। फाउन्डेसनले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।  

कुनै पनि देशका तामाङ युवतीले सहभागिता जनाउन सक्ने मिस तामाङ वर्ल्डमा नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका र जापानमा बसोबास गरिरहेका तामाङ युवतीको सहभागिता हुने फाउन्डेसन अध्यक्ष मिलन मोक्तानले जानकारी दिए। प्रतियोगितामा १६ वर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवती हुनुपर्नेछ।
 

प्रतियोगितामा सहभागि हुन फारम भरेर दर्ता गर्नुपर्ने मोक्तानले बताए । आगामी पुस १५ सम्म अनलाइनमार्फत फारम भरी सक्नुपर्ने उनको भनाइ छ।


  
भारतको सिक्किम, सिलीगुडी र नेपालको काठमाडौँमा प्रत्यक्ष अडिसन हुने र अन्य स्थानमा भर्चुअल माध्यमबाट अडिसन गरिने जनाइएको छ । अडिसनबाट छनौट भएका प्रतियोगीहरूलाई नेपालमा विभिन्न स्थानमा २० दिन र भारतमा १० दिन प्रशिक्षण दिइनेछ। प्रतियोगिताका विजेतालाई नगद १० लाख रुपैयाँ, ताजसहित विभिन्न पुरस्कार प्रदान गरिने छ।
 
अलग/अलग ७ वटा विधामा छनौट हुने प्रतियोगीहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस पटक प्रतियोगितामा सहभागी जनाउन कुनै पनि किसिमको शुल्क नलाग्ने फाउन्डेसनका कोषाध्यक्ष अदिप तामाङले बताए। भारत सिक्किमकी साङ डोमाले आफूले मिस तामाङ वर्ल्ड भएपछि आफ्नो धर्म, संस्कृति, भाषा, भेषभूषा, पहिचानका लागि ‘एक घर एक डम्फू’ अभियान सञ्चालन गरिरहेको बताइन्। डम्फु र टुङनालाई विश्वभर चिनाउने उद्देश्यले अभियानको सुरुवात गरेको उनको भनाइ छ । यसअघि भारतमा समेत पत्रकार सम्मेलनको आयोजना गरी फाउन्डेसनले प्रतियोगिताको जानकारी गराइसकेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.