स्मरनोफ ब्रान्डको भोड्का नेपालमै उत्पादन

काठमाडौं: स्मरनोफ ब्रान्डको भोड्का नेपालमै उत्पादन सुरु भएको छ। विश्वको नम्बर १ ब्रान्ड मानिएको स्मिरनोफ भोड्का नेपालको मदिरा उत्पादक नेपाल लिकर प्रालिले बजारमा ल्याएको हो।
यो भोड्का विराटनगरमा रहेको कारखानाबाट उत्पादन भइरहेको कम्पनीले जनाएको छ। कम्पनीका कार्यकारी अध्यक्ष राजेशवीरसिंह तुलाधरका अनुसार तीनपटक डिस्टिल गरी १० पटक फिल्टर गरिएको भोड्का बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
स्मरनोफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीनवटा भेरियन्टमा उपलब्ध रहेको र मूल्य क्रमशः २२००, ११०० र ५५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले नेपाली बजारमा एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर-रेयर ह्विस्की, मिस्टर डोबेलको नम्बर १ लक्जरी ह्विस्की, ब्लु-रिब्यान्ड जिनलगायतका विभिन्न ब्रान्डका मदिराहरू उपलब्ध गराउँदै आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
