यी हुन २०२२ मा बन्द भएका ब्ल्याकबेरी र चार एप्स

यी हुन २०२२ मा बन्द भएका ब्ल्याकबेरी र चार एप्स

काठमाडौं : सन् २०२२ मा प्रविधिको दुनियामा धेरै कुरा लञ्च भए। तर केही भने सधैंका लागि बन्द भए। जुन अब हामीले दोस्रो पटक पाउने छैनौं। सन् २०२२ मा बन्द भएका केही प्रविधिका बारेमा जानौं। 

ब्ल्याकबेरी डिभाइस : यो वर्ष ब्ल्याकबेरीको उत्पादन बन्द भयो। यसका सिइओ जोन छनले सन् २०१६ मा नै यसको बन्द गर्ने घोषणा गरेका थिए। यो फेब्रुअरी ४ मा पूर्ण रूपमा बन्द भयो। 

गुगल डपलेक्स : यस वर्ष गुगल डपलेक्स पनि बन्द भयो। २०१९ मा सुरु भएको डपलेक्स यस वर्ष बन्द भएको हो। 

गुगल ह्याङआउट : सन् २०१३ मा लञ्च भएको गुगल ह्याङआउट यस वर्ष बन्द भयो। 

गुगल स्ट्रीट भ्यू : २०१५ मा सुरु भएको यो उत्पादन पनि सधैंका लागि बन्द भएको छ। यो एप्स गुगल प्ले स्टोर  र एप्पल एप स्टोरले हटाइसकेका छन्। 

युट्युब गो : यस वर्ष युट्युब गो यस वर्ष बन्द भयो। २०१६ मा गुगलले सुरु गरेको यो एप्स २०२२ अगस्टमा नै बन्द भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.