खप्तड–शैलेश्वरी अन्तर विद्यालयस्तरीय प्रतियोगिताको उपाधि पद्म पब्लिकलाई

डोटी : खप्तड–शैलेश्वरी अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुटबल र कबड्डी प्रतियोगिताको उपाधि पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले हात पारेको छ ।
३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटी सदरमुकाम सिलगढीस्थित श्री भैरव प्रसाद गण र जिल्ला स्तरीय वाल सञ्जाल डोटीको संयुक्त आयोजनामा पुस ९ गते देखि सिलगढीस्थित टुँडीखेलमा सञ्चालन भएको प्रतियोगितामा फुटबलमा सुजंग बोर्डिङ र कबड्डीमा पवित्र बोर्डिङलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगिताको फाइनल खेलमा पद्म पब्लिक मुक्ति नारायण माविले फुटबलमा सुजंग बोर्डिङ स्कुललाई १–० गोलले पराजित गरेको छ भने त्यस्तै कबड्डी प्रतियोगितामा पवित्र बोर्डिङ स्कुललाई १२ अङ्कमा सिमित राख्दै जीत हासिल गरेको थियो । पद्म पब्लिकले ७९ अङ्क प्राप्त गर्दा पवित्र बोर्डिङ स्कुलले १२ अङ्क प्राप्त गरेको थियो ।
फुटबल र कबड्डी प्रतियोगितामा प्रथम हुने टिमले १५/१५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाएको छ भने द्वितीय हुने टिमले १०/१० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् ।
चित्रकला प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ति मध्य श्री तेडि माद्यामिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र आशिक साउद प्रथम भएका छन् । उनले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए भने पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र डायमन्ड ओली द्वितीय भएका छन् उनले १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।
त्यस्तै वेस्ट प्लेयर बन्न सफल फुटबल खेल तर्फ सुजुङ्ग बोर्डिङ स्कुलका दिपेन्द्र भुल र कबड्डीतर्फ पद्म पब्लिक मुक्तिनारायण माविकी दिपा विष्ट लाई वेस्ट प्लेयर ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा फुटबलमा फेयर प्ले अवार्ड मोर्निङ्ग लाइट बोर्डिङ स्कुल तथा कबड्डीमा पवित्र बोर्डिङ स्कुलले प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
