कोरलानाकाको पूर्वाधार निर्माणमा जोड

कोरलानाकाको पूर्वाधार निर्माणमा जोड

जोमसोम- राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उत्तर-दक्षिण जोड्ने गौरवको (बेनी-जोमसोम-कोरला)सडक आयोजनासँगै उत्तरी कोरलानाकामा जतिसक्दो चाँडो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन्। 

पोखराबाट म्याग्दी हुँदै सडक निरीक्षणका क्रममा मुस्ताङको जोमसोम आईपुगेका अध्यक्ष तिमिल्सिनाले सडक निर्माण सँगसँगै कोरलानाकामा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउन ढिलो गर्न नहुँने बताएका छन्।

मुस्ताङको जोमसोम स्थित होटल ओम्स होम्समा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको सडकमा अपेक्षित सुधारउन्मुख देखिएको बताए। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कोरला सडक स्तरोन्नतिसँगै पूर्वाधार निर्माणको काम एकसाथै सम्पन्न हुन आवश्यक रहेको बताए। चीनसँग जोडिएको उत्तरी कोरलानाकामा चीनपक्षले ठुला भौतिक संरचना निर्माण गरेको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अब नेपाल पक्षले पनि संरचना निर्माणमा ढिलो गर्न नहुँने बताए।

कोरलानाकामा पूर्वाधार निर्माण भएपछि नाका खोल्ने र यसले त्रिदेशीय ब्यापार सम्वन्धलाई स्थापित गर्ने राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाइ छ। राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकको चरम ढिलासुस्ती भएको मुस्ताङका सरोकारवालाले बताएका छन्। 

निर्माण कन्ट्रक्सन र ठेकेदारको रवैयाले कोवाङ-जोमसोम १६ किमी सडकको काम प्रभावित हुँदा जोमसोमको पर्यटन प्रभावित बनेको जोमसोमका स्थानीय शेरबहादुर गुरुङले सुनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.