'स्वराज ट्रयाक्टर सर्भिस क्याम्प' सम्पन्न

'स्वराज ट्रयाक्टर सर्भिस क्याम्प' सम्पन्न

काठमाडौं : नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ।  

पुस ९ देखि १३ सम्म सो  क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको हो। स्वराज ट्रयाक्टरका ग्राहकहरूलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज  प्रदान गरेको थियो। 

ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो।  सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप गल्फको  टी–शर्ट, कि– रिङ्ग र डटपेन प्रदान  गरिएको थियो। 

क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारिक ओइएम सेल्स  पार्टनर राजेश ट्रेडर्स  एंड  सप्लायर्सको संयुक्त आयोजनामा भएको हो।

कम्पनीका  अनुसार, स्वराज ट्रयाक्टरका ग्राहकहरूलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको  लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो। 

सो क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरू सहभागी थिए। यो गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त संस्था हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.