मुक्तिनाथ बसपार्कको खाजाघरबाट पाँच लाख चोरी

मुक्तिनाथ बसपार्कको खाजाघरबाट पाँच लाख चोरी

जोमसोम : मुस्ताङको मुक्तिनाथस्थित बसपार्कको एक खाजा घरमा चोरी भएको छ।

वारागुङ मुक्तिक्षेत्र-१ पुराङ रानीपौवा बसपार्कस्थित छिरिङ खाजाघरबाट पाँच लाख चोरी भएको हो।

अज्ञात व्यक्तिले गत मंगलबार राति खाजाघरमा कोही नभएको मौका छोपी मुल ढोकाको ताला फोरेर उक्त नगद रकम चोरी गरेको वारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। 

घटनापछि वडाध्यक्ष गुरुङको समन्वयमा प्रहरीले घटनाको विवरण संकलन गरेको छ। 

वडाध्यक्ष गुरुङका अनुसार पीडित पक्षले  चोरीमा संलग्न व्यक्तिको खोज तलास गरिदिन जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निवेदन दिएका छन्।

खाजाघरकी सञ्चालिका ढोमा गुरुङ काम विशेषले पोखरा गएकी थिइन्। उनले खाजा घरको जिम्मा आफ्नै बहिनी र एक कामदारलाई दिएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.