बुटवलमा सडक दुर्घटना, प्यूठानका युवाको मृत्यु, २ घाइते

बुटवलमा सडक दुर्घटना, प्यूठानका युवाको मृत्यु, २ घाइते

बुटवल : गएराती साढे दुई बजे बुटवलमा सडक दुर्घटनामा परी प्यूठानका एक यूवाको मृत्यु भएको छ। गुडिरहेको डबल क्याप जिप अनियन्त्रित भइ दुर्घटना हुँदा गौमुखी गाउँपालिका १ प्यूठानका २८ वर्षीय रोशन गिरीको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

लुम्विनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक गेट अगाडि अनियन्त्रित भएर ग १ ज ६३६७ नम्बरको जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा परी सोही ठाउँका २९ वर्षीय सुरेश तामाङ र २९ वर्षकै मिनबहादुर तामाङ घाइते भएका छन्। प्रहरीका अनुसार गम्भीर अवस्थामा रहेका सुरेशको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.